Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युक्रेन तनाव वार्ताबाटै समाधान गर्न राष्ट्रसंघका महासचिव गुट्रेसको आग्रह

एजेन्सी । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो संकट समाधानका लागि वार्तालाई मुख्य जोड दिन आग्रह गरेका छन् ।

रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले गम्भीर चासो देखाएका छन् हुन् । वार्तामा महासचिव गुटरेसले वर्तमान संकट समाधानका लागि वार्तालाई मुख्य जोड दिएको प्रवक्ता स्टेफेन डुजारिकले बताए ।

‘युक्रेनमा बढ्दो तनावबारे महासचिवले दुबै देशका विदेशमन्त्रीहरुसँगको वार्तामा गम्भीर चासो देखाएका थिए ’ डुजारिकले भने । सो अवसरमा तनाव शान्त पार्न जारी कूटनीतिक वार्ताको महासचिवले स्वागत गर्दै कूटनीतिको कुनै विकल्प नभएको बताए ।

महासचिव गुट्रेस र उनका प्रवक्ता डुजारिकले रसियाले युक्रेन अतिक्रमण नगर्नेमा आफूहरु अझै पनि विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077