Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सिंहदरबारबाट सोझै बालुवाटार हानिए प्रचण्ड, जबरजस्ती एमसीसी बढाइए सरकारबाट बाहिरिने

    सिंहदरबारबाट सोझै बालुवाटार हानिए प्रचण्ड, जबरजस्ती एमसीसी बढाइए सरकारबाट बाहिरिने

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

    सिंहदरबारमा माओवादीको संसदीय दलको बैठक सकिएलगत्तै अध्यक्ष प्रचण्ड कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।



    माओवादीले संसद सुचारु नहुँदासम र एमसीसीमा राष्ट्रिय सहमति नबन्दासम्म एमसीसी टेबुल गर्न नसकिने निष्कर्ष निकालेको थियो । सोही निर्णय सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्।



    यस्तै, आजको बैठकमा एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिनेबारे छलफल भएको प्रचण्डनिकट उच्च स्रोतको भनाइ छ। तर, प्रधानमन्त्रि देउवासहित सत्तारुढ नेपाली कांग्रेस जसरि पनि एमसीसी टेबुल गर्ने पक्षमा रहेको छ।

    ‘बालुवाटारमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल हुँदैछ,’ स्रोतले भन्यो, ‘यदी एमसीसीबारे प्रधानमन्त्रीले पुरानै अडान दोर्ह्याउनु भयो भने गठबन्धन तोडिन्छ, हामी सरकारबाट बाहिरिन्छौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार