Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी (फोटोफिचर)

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ।

संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा जारी कार्यव्यबस्था परामर्श समितिको बैठकले आज बस्ने संसदको कार्यसूची तय गर्नेछ ।जारी कार्यव्यबस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश हुने बुझिएको छ।

यसअघि हिजो सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने बताइएको छ।

बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी छन् । यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरिया छन्।

यता प्रमुख विपक्षी दल नेकपा एमालेले भने कार्यव्यबस्था परामर्श समितिको बैठक बहिस्कार गरेको छ।

(तस्बिर स्रोत: सभामुखको सचिवालय)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077