Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बालुवाटारबाट बाहिरिए प्रचण्ड, भोलि दिउँसो गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने

    बालुवाटारबाट बाहिरिए प्रचण्ड, भोलि दिउँसो गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ। छलफल सकिएलगत्तै प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।

    भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासामु राष्ट्रिय सहमतिबिना एमसीसी पास गर्न नहुने बताएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।



    दाहालका अनुसार अब भोलि दिउँसो ३ बजे गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्ने भएको छ।



    यसअघि  सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सकिएलगत्तै अध्यक्ष प्रचण्ड कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

    माओवादीले संसद सुचारु नहुँदासम र एमसीसीमा राष्ट्रिय सहमति नबन्दासम्म एमसीसी टेबुल गर्न नसकिने निष्कर्ष निकालेको थियो । सोही निर्णय सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार