Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युक्रेनको सीमाबाट रुसको सैनिक फिर्ता नभएको अमेरिकाको दाबी

एजेन्सी । अमेरिकाले युक्रेनको सीमामा तैनाथ सैनिकको संख्यामा कमी गर्ने रुसको भनाई गलत भएको दाबी गरेको छ । रुसले दाबी गरेको जस्तो सैनिकको संख्या नघटेको अमेरिकाले दाबी गरेको हो ।

अमेरिकी एक वरिष्ठ अधिकारीले सेना घटनाएको कुनै संकेत नदेखिएको बताएका छन् । रूसले युक्रेन सीमा सात हजार अतिरिक्त सैनिक परिचालन गरेको उनको दाबी छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनलेसमेत रुसले सैन्य फिर्ति थालेपनि कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएका थिए ।

तर रुसले भने आफ्नो सैन्य अभ्यास पूरा भएको र सीमामा खटिएको सेनालाई हटाइरहेको बताएको छ। तर पश्चिमा देश र अमेरिकाले रुसले दाबी गरेको जस्तो कुनै प्रमाण वा संकेत नपाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077