Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिंहदरबारमा प्रचण्ड र माधवबीच भेटवार्ता, एमसीसीबारे छलफल

    सिंहदरबारमा प्रचण्ड र माधवबीच भेटवार्ता, एमसीसीबारे छलफल

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयस्थित प्रचण्डको कार्यकक्षमा प्रचण्ड-नेपालबीच भेटवार्ता भइरहेको छ ।



    साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि प्रचण्ड र नेपालले समान धारणा तय गर्न अलग्गै छलफल गरेका हुन् ।



    कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌बाट एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छन् । तर‚ गठबन्धनभित्र त्यसबारे सहमति जुटेको छैन।

    यता, माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसीसी सम्झौता संसद्‌मा टेबल नै नगर्ने पक्षमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार