Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • ‘क्यालिब्रेशन फ्लाइट’का लागि एरो थाईको जहाज काठमाडौँ आइपुग्यो, भोलिदेखि परीक्षण उडान हुने

    ‘क्यालिब्रेशन फ्लाइट’का लागि एरो थाईको जहाज काठमाडौँ आइपुग्यो, भोलिदेखि परीक्षण उडान हुने

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) का लागि एरो थाईको जहाज नेपाल आइपुगेको छ ।

    एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीबार अपराहन्न २ः५० बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेको विमानस्थल स्रोतले अनलाइन नेपाललाई बतायो।



    स्रोतका अनुसार परीक्षण उडानका लागि नेपाल आएको एरो थाईको जहाज आजै ४ः४५ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने तालिका रहेको छ।



    जहाजले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने बताइएको छ । करिब एक साता हुने परीक्षण उडानमा आन्तरिक उडान प्रभावित हुने भैरहवा विमानस्थल जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “‘क्यालिब्रेशन फ्लाइट’का लागि एरो थाईको जहाज काठमाडौँ आइपुग्यो, भोलिदेखि परीक्षण उडान हुने”

    1. […] क्यालिब्रेशन उडान सुरु हुँदैछ । क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार म… एरो थाइको जहाज नेपाल आइपुगेको छ […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार