Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

शुक्रबार दिँउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका कार्यक्रम तय गर्नका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ ।

यसैबीच, संघीय संसद सचिवालयले प्रतिनिधिसभाको संभावित कार्यसूची सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् ।

शुक्रबारका लागि सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन । कार्यसूचीको टुंगो कार्यव्यवस्था समिति बैठकपछि लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077