Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद्को कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

सभामखु अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल गर्न समितिको बैठकमा छलफल हुनेछ । संघीय संसद् सचिवालयले आजको बैठकको लागि सम्भावित कार्यसूची बिहीबार नै सार्वजनिक गरिसकेको छ ।

सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन् । तर कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची हेरफेर पनि गर्न सक्छ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077