Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्धारा ५०१ जनाको बाँकी कैद मिनाहा, १२ जनाको सजाय माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय १३ जना कैदीको बाँकी कैद र सजाय मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा र १२ जनाको सजाय माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासहित ५ सय १ जना कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरिएको हो । फागुन ७ गतेदेखि लागु हुने गरी उनीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह गरिएको हो ।

यस्तै आङनिमा शेर्पासहितका १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, सर्वोच्च अदालतको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले बाँकी कैद मिनाहा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077