Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झाँक्रीलाई मन्त्री पद बोकाको मुखमा कुभिन्डो, तत्काल पदबाट हटाउन माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य उमेश शर्माले आफ्नै पार्टीबाट मन्त्री रहेकी रामकुमारी झाँक्रीलाई उक्त पद बोकाको मुखमा कुभिन्डो भएको व्यंग्य हानेका छन्।

एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्री भएकी झाँक्रीले एमसीसीको समर्थन गरेपछि शर्माले यस्तो कटाक्ष हानेका हुन्। एमसीसीबारे झाँक्रीले दिएको अभिव्यक्तिका कारण पार्टीभित्र उनको चर्काे आलोचना हुन समेत थालेको छ ।

नेकपा समाजवादीले एमसीसी जस्ताको तस्तै पारित नहुने भन्दैआएको छ । तर मन्त्री झाँक्रीले भने प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने पक्षमा भएकाले आफू त्यसकै पक्षमा रहेको अभिब्यक्ति दिएकी थिइन् ।

मन्त्री झाँक्रीले शुक्रबार एमसीसीको पक्षमा रहेको धारणा ब्यक्त गरेपछि नेकपा समाजवादीभित्रै उनको बिरोध सुरु भएको हो । शर्माले झाँक्रीलाई मन्त्री पद बोकाको मुखमा कुभिन्डो भएको भन्दै उनलाई मन्त्री पदबाट मात्रै होइन, पार्टीको साधारण सदस्यबाटै निस्कासन गर्न माग गरेका छन् ।

शर्माले लेखेका छन्–‘झाँक्रीलाई मन्त्री पद बोकाको मुखमा कुभिन्डो भयो । मन्त्री पदबाट मात्रै होइन, पार्टीको साधरण सदस्यबाट समेत निष्कासन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077