काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा सभामुखले बैठक बोलाइएका हुन् । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ ।
संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन् ।