Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी एमसीसीको विपक्षमा छ: प्रचण्ड

काठमाडौं । सत्ता साझेधार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज एमसीसीको विपक्षमा रहेको बताएका छन् ।

आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधकाबीच पेश गरिएको टिप्पणी गरेका छन् ।

प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधकाबीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

यस्तै, प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध जनाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रचण्डले अघि लेखेका छन्, 'एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077