Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियालाई हराउँदै बार्सिलोना विजयी भएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पिएरे एमरिक अबमेयाङले ह्याट्रिक गरेका थिए । यस्तै भ्यालेन्सियाका लागि कार्लोस सोलेरले गोल गरेका थिए ।

यस जितसँगै २४ खेलमा ४२ अंक जोडेको बार्सिलोना चौथो स्थानमा रहेको छ। पराजित भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077