Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित एक जना पक्राउ

कैलाली । कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका(८ गप्काका ३९ वर्षीय गोपी ओखेडा ३ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका प्रहरीले बताएको छ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घर र पसलमा खान तलासी गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनको पसलबाट ५० हजार ५ सय नगद, विभिन्न कम्पनीका ५/५ थान मोबाइल र घडी, एक थान कैँची र तौल गर्ने डिजिटल काटा बरामद गरिएको छ। ओखेडामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077