Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजको मौसम : देशका पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    आजको मौसम : देशका पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने विभागको भनाइ छ ।



    दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



    सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार