Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गठबन्धन जोगाउन मात्रै एमसीसी टेबुल गरिएको हो: प्रचण्ड

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन जोगाउनकै लागि एमसीसी सदनमा टेबुल गरिएको बताएका छन्।

बुधबार काठमाडौँमा सुरु भएको माओवादी केन्द्र बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे।

‘एमसीसी टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन नै टुट्लाजस्तो भएपछि टेबल गर्न सहमति दिएको मात्रै हो’, प्रचण्डले भने, ‘टेबल गर्दैमा केही बिग्रिदैन । यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो ।’

बिहीबारसम्म चल्ने बैठकले प्रदेशका ३१ विभाग, जिल्ला समन्वय समिति, क्षेत्रीय निर्वाचन समिति गठन र चुनावी कार्यक्रम तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077