Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमसीसीबारे चीन फेरि बोल्यो-'उपहार कहिलेदेखि 'अल्टिमेटम'सहित आउन थाल्यो ?'

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एमसीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी हुन् ।

मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमा बारे व्यंग्य गर्दै यस्तो बताएकी हुन् ।

‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ। नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ भनेको छ,’ हुवाले भनिन्,‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ? त्यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ ? यो ‘उपहार’ हो कि प्यान्डोराको बाकस ?’ नेपालका लागि सो उपहार स्वीकार गर्न कठिन साबित हुने उनको भनाइ थियो।

उनले अन्तर्राष्ट्रिय सहकार्य आपसी सम्मान र समानताको आधारमा हुनुपर्ने चीनको मत रहेको पनि बताइन् । यसअघि पनि एमसीसीबारे चीनले आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077