Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमसीसी विवाद : कांग्रेसले सर्त माने एमालेले एमसीसी अनुमोदनमा सघाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूबीच एमसिसीलाई लिएर पटकपटक वार्ता भएको छ।

एमालेले संसद्को अवरोध हटाउन सभामुखबाट सापकोटाको बहिर्गमन वा पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त राखेको छ। काँग्रेसले सभामुखको बहिर्गमनबारे सोच्न सकिने जवाफ दिएपछि एमालेले पनि सकारात्मक संकेत दिएको स्रोतको दाबी छ।

'हाम्रा माग सम्बोधनका विषयमा काँग्रेसले सकारात्मक प्रतिक्रिया दिएको छ,' एमालेका एक उच्च नेताले भने । ती नेताका अनुसार माओवादी केन्द्रले धोका दिएकै कारण काँग्रेसले एमालेको साथ खोजेको र एमालेले पनि विश्वसनीय आधार बनाउन सांसदहरूको हस्ताक्षर खोजेको हो । नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077