Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनमाथि रुसले तत्काल हस्तक्षेप बन्द गर्नुपर्छ: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताएका छन् ।

पूर्वपरराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले शुक्रबार सामाजिक सञ्जालमा युक्रेन आक्रमणबारे एक स्टाटस लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेका हुन् ।

‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया रिपोर्टबाट दुःखी छु,’ ज्ञवालीले लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ ।’

यस्तै, प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार रहेको ज्ञवालीले बताए । राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न रुसले तत्काल हस्तक्षेप बन्द गर्नुपर्ने ज्ञवालीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077