Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 795
    SHARES

    काठमाडौं । सत्तारुढ दुई दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    आज अपरान्ह सिंहदरबारमा भएको उनीहरुबीचको भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसीसी र गठबन्धनलगायत विषयमा छलफल भएको हो ।



    शुक्रबार बिहानमात्रै धनगढीबाट काठमाडौँ आएका अध्यक्ष नेपालले प्रचण्डसँगको भेटअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । देउवासँगको छलफलपछि सिंहदरबारमा पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।



    यसअघि धनगढीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी सम्झौताकै कारण गठबन्धन नटुटाउने सहमति भएको खुलासा समेत गरेका थिए।

    ‘हाम्रो बिचमा एमसीसी पास भए पनि फेल भए पनि गठबन्धनलाई कायमै राखौँ भन्ने कुरा भएको हो । राष्ट्रिय राजनीतिका विषयमा जुन यो गठबन्धनले काम गरिरहेको छ यसमा हामी एक हौँ भन्ने कुरा भएको हो,’ नेपालले भनेका थिए, ‘तर अब यसमा गठबन्धन जोगाउन हामीले मात्रै सोचेर हुँदैन। यो नेपाली कांग्रेसले पनि सोच्ने कुरा हो।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार