Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धन नटुट्ने माओवादी अध्यक्ष प्रचण्डको दावी

    गठबन्धन नटुट्ने माओवादी अध्यक्ष प्रचण्डको दावी

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन नटुट्ने दावी गरेका छन् ।

    सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेर बाहिरिने क्रममा प्रचण्डले सहमतिमै एमसीसी अघि बढ्ने र गठबन्धन नटुट्ने दावी गरेका हुन् ।



    दुवै पार्टी एमसीसी अनुमोदनमा कांग्रेसलाई सघाउन तयार भएका छन् । फागुन ८ गते संसदमा पेश भएको एमसीसी अनुमोदनका लागि गठबन्धनमा रहेका दलले साथ नदिने देखेपछि कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद अघि बढाएको छ ।



    सिंहदरबारमा नेपालसँग छलफल गरेर बाहिरिने क्रममा प्रचण्डले भने, ‘समस्याको समाधान हुन्छ । गठबन्धन फुट्दैन । एमसीसी सहमतिमा अघि बढ्छ ।’

    गठबन्धन फुट्ने निश्चितजस्तै भएपछि दुई पार्टी एमसीसीको पक्षमा खुल्न बाध्य हुने अवस्थामा पुगेका छन् । सत्ता गठबन्धनमा एमसीसीका विषयमा मतभेद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलसँगको सहकार्यको प्रयास समेत गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार