Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदीप ज्ञवालीको अमेरिका भ्रमणपछि एमसीसी विवादित बन्यो: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी विवादित हुनुमा तत्कालिन नेकपाका सांसद प्रदीप ज्ञवालीको हात रहेको आरोप लगाएका छन्।

सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता सुरुमै विवादित नभएको र त्यसलाई मन्त्री ज्ञवालीको अमेरिका भ्रमणले विवादित बनाएको बताए।

'एमसीसी सुरुमै विवादित थिएन, २५ बर्षपछि पहिलो नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जी अमेरिका जानु भो, त्यसपछि एमसीसीबारे विवाद सिर्जना भयो', सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भने।

राष्ट्रिय महत्वको बिषय रहेको एमसीसी सहमतिमै पास गर्न आफूले जोड दिएको प्रचण्डको भनाइ छ। अहिले उनको सम्बोधन जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077