Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफरिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ भने निवृत्तिभरण र अन्य सुविधा ४१ जनालाई दिने निर्णय समेत भएको छ । यसैगरी अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको छ ।

सरकारले राजनीतिक पूर्वाग्रह तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको विषयमा २०७३ मंसिर २६ गते तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित समीतिले सरकार समक्ष प्रतिवेदन पेश गरेको थियो।

यस्तै सरकारले कुनै मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने पनि सरकारको प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077