Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टुँडिखेलमा यसरी मनाइयो सेना दिवस

    टुँडिखेलमा यसरी मनाइयो सेना दिवस

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ ।

    कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।



    दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका थिए । यसपटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्यान्ड डिस्प्लेसहित गीत संगीतको धुन प्रस्तुत गरिएको थियो।



    यस्तै, कार्यक्रममा नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७८ को आकृतिसमेत प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन समेत प्रदर्शन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार