Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • केपी ओलीमा दिमागी समस्या छ, कम्युनिष्ट र देशभक्त त हुँदै होइनन्: माधव नेपाल

    केपी ओलीमा दिमागी समस्या छ, कम्युनिष्ट र देशभक्त त हुँदै होइनन्: माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको बताएका छन् ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘केपी ओलीमा दिमागी समस्या छ, ओलीको दिमागी असन्तुलनकै कारण हाम्रो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएका छन्।’



    कार्यक्रममा ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै नेपालले दक्षिणपन्थको बाटो अँगालेको बताए । दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने नेपालको भनाइ छ ।



    यस्तै, नेपालले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली आतङ्कित भएको बताए। आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्‍मा तमासा देखाउँदै आएको नेपालको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार