Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिन्छौँ : माधव नेपाल

    सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिन्छौँ : माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 819
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताए ।



    यस्तै, कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी बैधानिक भएको दाबी गरे। नेपालले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली आतङ्कित भएको बताए।



    आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्‍मा तमासा देखाउँदै आएको नेपालको भनाइ छ । ओलीमा देश शक्तिको भावना नरहेको नेपालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार