Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी विभाजनको मोडमा, अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच आज बिहानै भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहानै भेटवार्ता भएको छ । एमसीसी पास गरेपछि असन्तुष्ट बनेका श्रेष्ठले आज खुमलटार निवासमै पुगेर प्रचण्डलाई भेटेर छलफल गरेका हुन् ।

श्रेष्ठले पूर्व एकताकेन्द्र पक्षधर समेटेर माओवादी केन्द्र छाड्ने तयारी गरेपछि त्यसलाई रोक्ने प्रयासमा प्रचण्ड संक्रिय भएका छन् । बुधबार दिनभर पूर्वएकता केन्द्र र जनमोर्चानिकट नेताहरूबिच छलफल भएको थियो ।

पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठलाई भेटेका थिए ।

त्यसलगत्तै आज बिहान श्रेष्ठले अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमै पुगेर भेटेका हुन्। यस्तै हिजो नेत्र विक्रम चन्द विप्लव र श्रेष्ठबीच पनि भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077