Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादीको केन्द्रीय बैठकमा यी तीन नेताले प्रचण्डलाई एमसीसीबारे बुझाए लिखित फरक मत

काठमाडौं । आजबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा तीनजना नेताहरुले एमसीसीका विषयमा लिखित रूपमा फरक मत राखेका छन् ।

नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले एमसीसीबारे फरक मत पेस गरेका हुन् । केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव राख्दै तल्लो तहसम्म छलफल लैजानु पर्ने मागसहित उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई फरक मत बुझाएका हुन् ।

एमसीसीमा आफूहरूको असहमति रहेको तर पार्टीको निर्णय मानेर जाने उनीहरुले बताएका छन् । फागुन १५ गते व्याख्यात्मक घोषणा गरेर जाने निर्णयमा पनि यी नेताहरूको असहमति राखेका थिए । त्यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि फरक मत राखेका छन् ।

आजको केन्द्रीय कमिटी बैठकमा उनले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै आफ्नो धाराणा सुनाएका छन् । उनीहरुको प्रस्तावमा व्याख्यात्मक घोषणाको प्रस्ताव पार्टी विधिअनुसार नआएको, एमसीसी राष्ट्रिय हितविपरीत भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077