Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गृह मन्त्रालयले भन्यो-सामाजिक सञ्जालमा भ्रामक तस्बिर तथा भिडियो पोष्ट नगर्नू

    गृह मन्त्रालयले भन्यो-सामाजिक सञ्जालमा भ्रामक तस्बिर तथा भिडियो पोष्ट नगर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा समाजमा उत्तेजना एवं अफवाह फैलाउने, समाजिक सद्भावमा खलल् पुर्योउने प्रवृती दिखिएको हुँदा त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।



    सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन मन्त्रालयले आग्रह गरेको हो ।



    यस्ता तस्बिर तथा भिडियोले समाजमा अफवाह फैलाउने भएकाले उक्त क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार