Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीको बितण्डा कति सहने ? संसद भंग गरेर ‘अर्ली इलेक्सन’मा जाऔं : माधव नेपाल

    ओलीको बितण्डा कति सहने ? संसद भंग गरेर ‘अर्ली इलेक्सन’मा जाऔं : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 762
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।



    संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भने,’केपी ओलीको बितण्डा कति सहने ।  हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने,’ नेपालले भने, ‘त्यसैले अब संसद् भंग गरौं, संसद् पनि रहन्न ओलीको बितन्डा पनि रहन्न । अब सबै इलेक्सनमा जाऔं ।’



    आइतबरको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमालेले संसदमा नाराबाजी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार