Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनिस ला लिगा : एल्कलाई हराउँदै बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना एल्कमाथि २–१ गोल अन्तरको जित हासिल गरेको हो ।

खेलको पहिलो हाफ सकिनुभन्दा केही समयअघि गोल खाँदै १–० ले पछि परेको अवस्थामा सस्ब्टिच्युट खेलाडी फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा मेन्फिस डेपेले गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन्। खेलको ८८ औं मिनेटमा एल्क १० खेलाडीमा सीमित भएको थियो।

यससँगै ला लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। यस्तै आइतबार भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077