Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितद्धारा मेलम्ची आयोजनाका सबै काम बन्द गराउने चेतावनी

    हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितद्धारा मेलम्ची आयोजनाका सबै काम बन्द गराउने चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितले आफ्ना ६ बुँदे माग एक साताभित्र सम्बोधन नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाका सबै काम बन्द गराउने चेतावनी दिएका छन् ।

    सोमवार मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले विज्ञप्ति जारी गरी आफ्ना मागहरू सम्बोधन गर्न सकिने अवस्था हुँदाहुँदै पनि सम्बोधन नगरिएकाले मुहान क्षेत्र लगायत आयोजना क्षेत्रका सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएको हो ।



    मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासका लागि मेलम्ची खानेपानी विकास समितिले नियमित रूपमा उपलब्ध गराउँदै आएको बजेट तत्काल उपलब्ध गराउनुपर्ने, नदीलाई पुरानै धारमा बहाउनुपर्ने, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तीमा ५ मिटर खोला गहिर्‍याउनुपर्ने र तटीय क्षेत्रका जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनीहरूको माग छ ।



    यसैगरी मेलम्ची र इन्द्रावती नदी किनारका बस्ती तथा खेतीयोग्य जमीन कटान भएकाले सो क्षेत्रको जमिन संरक्षण र खेतीयोग्य जमिन बचाउन मुहानदेखि सिपाघाट भिमटारसम्म आयआर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ तथा सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकीकृत विकास आयोजना सञ्चालन गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।

    मेलम्ची नदीको पानी काठमाडौं आएपछि मेलम्चीवासीले लेभी पाउने सहमति भएर विभिन्न अध्ययन भएर प्रक्रिया बढेको, तर हालसम्म कुनै निर्णय नभएकाले तत्काल लेभी निर्धारण गर्नुपर्ने र वर्षामा सहज आवतजावत गर्न सकिने गरी सडक निर्माण तत्काल अघि बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । अभियान दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार