Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पीएसजीमाथि रियलको सानदार जित, बेन्जेमासामु निरीह रहे मेस्सी र नेमार

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । रियलको जितमा कप्तान फ्रेन्च फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक गरे।

बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो ।

खेलको ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो लेगमा १-० को अग्रता लिएको पीएसजी यस गोलसंगै सहज जित तर्फ अग्रसर भएको थियो ।

तर ६१ औं मिनेटमा बेन्जेमाले पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गरेको गम्भीर गल्तिको फाइदा उठाउदै बराबर गोल गरे । उनले भिनिसियस जुनिअरको पास सदुपयोग गरे ।

७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । जहाँ पीएसजीका कप्तान मार्किन्होस गल्ती गर्न पुगेका थिए । गोलको सेलेब्रेसन पूरा नहुदै अर्को मिनेटमै पुनः बेन्जेमाले ह्याटि्रक पूरा गरे ।

रियलको जितसंगै ट्रान्सफर मार्केटमा च्याम्पियन्स लिग जित्न ठूलो लगानी गरेको पीएसजी प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । उसले यस सिजन मात्रै टोलीमा लियोनल मेस्सी, सर्जियो रामोस लगायत खेलाडी भित्राएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077