Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री देउवासहित सरकारका सबै मन्त्रीद्धारा अंगदान गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।

मृत्युपश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्‌को बैठकमा सबै मन्त्रीले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका हुन्।

स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए। मन्त्रीहरुलाई साथ दिँदै मुख्यसचिव शंकरदाश बैरागीले पनि अंगदानको घोषणा गरेका थिए ।

यस्तै ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ । बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077