Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो, चाङ्गचुनमा लकडाउन घोषणा

एजेन्सी । कोरोना संक्रमण फेरि बढ्न थालेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ ।

९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो । चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ ।

नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077