Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनमा कोरोना संक्रमण फेरि बढ्न थाल्यो, शेन्जेन सहरमा लकडाउन

एजेन्सी । कोरोना संक्रमण बढ्न थालेपछि चीनका ठूला सहरमध्ये एक शेन्जेनमा लकडाउन लागू गरिएको छ । आइतबारदेखि सहरका सबै बासिन्दा लकडाउनको दायरामा परेका छन् ।

दक्षिणी चीनको शेन्जेन सहरको जनसङ्ख्या एक करोड ७० लाख छ। चीनमा कोरोना संक्रमितको संख्या दोब्बर बढेर ३४०० नजिक पुगेको छ। चीनले शून्य कोभिड नीतिअनुसार कडाइ गरेको हो। तर पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ।

छिमेकी सहर हङकङ ओमिक्रोनबाट नराम्ररी प्रभावित भएको र यहाँ पनि यससँग सम्बन्धित केस बढ्दै गएकाले सहरका सबै बासिन्दालाई घरमै बस्न भनिएको छ ।

नगर प्रशासनले जारी गरेको सूचनामा चैत २० गतेसम्म लकडाउन जारी रहने र यस अवधिमा सार्वजनिक आवतजावतमा रोक लगाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077