Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी हुन् ९० लाखको चिठ्ठा र दुई तोलाको सिक्री उपहार पठाइदिएको छु भन्दै उल्टो ३९ लाख ठग्ने गौतम

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक, व्हाट्स एप लगायतमार्फत् ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाँउपालिका वडा नं. ४ घर भइ हाल भक्तपुर ठिमि बस्ने ३८ बर्षीय गान्दिप गौतम रहेका छन्। गौतमलाई सोमबार पक्राउ गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ठगी कार्यमा संलग्न उनले पीडितहरुलाई सामाजिक सञ्जाल (फेसबुक वाट्सस्याप) मार्फत् सम्पर्क गरी  आफूलाई बिदेशी नागरीक बताउने र डाक्टर जोहन लवरेन्स नामबाट पीडितलाई ९० लाखको चिठ्ठासहित सुनको सिक्री र २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भन्दै ठगी गर्ने गरेका थिए।

पक्राउ परेका उनले पीडितलाई व्हाट्स एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपुर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खातामा उन्तिस लाख चालिस हजार जम्मा गर्न लगाएको अनुसन्धानमा खुलेको महाशाखाको भनाइ छ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको महाशाखाले जनाएको छ । यसअघि पनि महाशाखाले ‘खल्ती एप्सको कर्मचारी हुँ’ भन्दै अनलाइन ठगी गर्ने दुई युवकलाई पक्राउ गरी कारवाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077