Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनमा कोरोना संक्रमितको संख्या दुई वर्षयताकै धेरै, २४ घण्टामा ५ हजार २८० संक्रमित थपिए

    चीनमा कोरोना संक्रमितको संख्या दुई वर्षयताकै धेरै, २४ घण्टामा ५ हजार २८० संक्रमित थपिए

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।



    कडा प्रतिबन्ध र स्वास्थ्य मापदण्ड लागू भए पनि पछिल्लो दुई हप्तामा यसअघिका रेकर्ड तोड्ने गरी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । उत्तरपूर्वी सहर चाङ्गचुन र सेनझेन सहरमा यसै हप्ता लकडाउन घोषणा गरिएको छ।



    साङ्घाईमा विद्यालय बन्द छन् । कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले यसै हप्ता जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार