Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : एट्लेटिको मड्रिड क्वाटरफाइनलमा, म्यानचेस्टर बाहिरियो

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।

गएराति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएसँगै म्यानचेस्टर युनाईटेड बाहिरिएको हो ।

स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो ।

युनाइटेडलाई हराएसँगै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन खेलको ४१ औँ मिनेटमा रेनान लोडीले निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077