Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थानीय तह निर्वाचन: अर्थले दियो साँढे १४ अर्ब बजेट

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि सरकारले १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाका अनुसार निर्वाचन आयोगको माग अनुसार अर्थले १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको हो।

मन्त्रालयले आयोगका लागि ८ अर्ब ११ करोड, ६ अर्ब २९ करोड गृह मन्त्रालयका लागि र ५ करोड रुपैयाँ राष्ट्रिय अनुसन्धान आयोगको लागि छुट्याएको निरौलाको भनाइ छ।

चुनावका लागि निर्वाचन आयोगले १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077