Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई जिल्लाबाट दुईवटा नागरिकता लिने महिला पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका–३२, कोटेश्वर बस्ने २८ वर्षीया पूजा ढकाललाई बुधबार दुई जिल्लाबाट फरक-फरक नागरिकता लिएको अभियोगमा पक्राउ गरेको छ । पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

ढकालले २०६७ मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता र २०६७ मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको खुलेको छ ।

ढकालले गोरखाबाट नागरिकता लिँदा गाइने सार्कीलाई बाबु देखाई पूजा गैरे सार्कीको नाममा अर्को नागरिकता लिएको भेटिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनु भएको छ । अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पोखरा महानगरपालिका–६, बैदाम माइती भएकी ढकालले त्यहाँबाट उमेर नपुग्दै नागरिकता बनाएको र विदेश जाने प्रयोजनका लागि उमेर पुगेको अर्को नागरिकता गोरखाबाट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नागरिकता दिने सचिवको खोजी भइरहेको र पक्राउ परेकी ढकाललाई ३ वर्ष कैद र अधिकतम २० हजारसम्म जरिवाना हुने प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । कानुनमा उल्लेख भएअनुसार उनले पछि लिएको नागरिकता खारेज हुने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077