Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना बढेपछि चीनको जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू

एजेन्सी । कोरोना सङ्क्रमण बढेपछि चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा पारिएको छ ।

ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको हो । नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न आग्रह गरिएको छ ।

जिलिन प्रन्तको चाङ्गचुङ्ग सहरका बासिन्दालाई पहिला खाद्यान्न लगायतका सरसामान खरिदका लागि नजिकैको पसलमा जान अनुमति दिइएको थियो ।

तर, अहिले सबै यो सुविधा हटाइएको छ । करिब ९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन अपिल गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077