Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री श्रीलंका जाँदै, प्रधानमन्त्री देउवा भर्चुअल सहभागी हुने

    बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री श्रीलंका जाँदै, प्रधानमन्त्री देउवा भर्चुअल सहभागी हुने

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का चैत १६ गते श्रीलंका जाने भएका छन् । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलंका जान लागेका हुन् ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्रमन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डलको टोली श्रीलंका जाने जानकारी दिए ।



    मन्त्रिपरिषद् बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । बिमस्टेक वडापत्रलगायत दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।



    बिमस्टेक बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार