Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘केही व्यक्तिले एमसीसी राष्ट्रघाती भनेर गलत प्रचार गरे, देश विकासका लागि पास गरिएको हो’

    ‘केही व्यक्तिले एमसीसी राष्ट्रघाती भनेर गलत प्रचार गरे, देश विकासका लागि पास गरिएको हो’

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.2K
    SHARES

    काडमाडौं । देश विकासका लागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

    खोटाङ मोटरेबल पक्की पुल उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    केही व्यक्तिले राष्ट्रघाती भनेर गलत प्रचार गरे पनि एमसीसी नेपालको पक्षमा र विकासको पक्षमा रहेकाले संसदबाट पास गरिएको प्रधानमन्त्री देउवाले दाबी गरेका छन् ।



    यस्तै नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाल विश्वको जलस्रोतको दोस्रो ठुलो देश भएको उल्लेख गर्दै जलस्रोतको सदुपयोग गरेर देशमा आर्थिक बृद्धि गर्न सकिने बताए । जसलाई अब एमसीसीले सघाउने मन्त्री चौधरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार