Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला च्याम्पियनसिप : नेपाल भारतसँग फेरि पराजित

काठमाडौं । १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फेरि हारेको छ ।

पहिलो खेलमा भारतसँग ७–० गोल अन्तर र दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ गोल अन्तरले पराजित भएको नेपाल तेस्रो खेलमा पनि भारतसँग पराजित भएको हो ।

सोमबार बेलुकी जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ गोलले पराजित गरेको हो । भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक गरिन् भने हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे ।

नेपालका लागि सन्दिपा भोलानले एक गोल गरिन् । नेपालले अन्तिम खेल भोलि बङ्ग्लादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077