Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • काठमाडौंको मोडल अस्पतालले फिस्टुला रोगको उपचार निःशुल्क गर्ने

    काठमाडौंको मोडल अस्पतालले फिस्टुला रोगको उपचार निःशुल्क गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 807
    SHARES

    काठमाडौं । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ ।मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ ।

    यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ । बिरामीले निःशुल्क उपचार पाउन थालेका छन् भने कार्यविधिमा कुरुवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेस गरिएकोे मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए ।



    उनका अनुसार प्रसूति हुने समयमा लामो व्यथा लाग्नु वा सामान्य सुत्केरी हुन नसक्ने अवस्थामा बल परेर पिसाब थैली वा मलाशयमा दबाब परेर प्वाल पर्ने हुन्छ । समयमा उपचार भएन भने पिसाब वा दिसा निरन्तर आइरहने समस्या हुनेलाई प्रसव फिस्टुला रोग भन्ने गरिन्छ ।



    यो रोग भएका बिरामीहरुको दुर्गन्ध आउने भएकाले समाजमा लुकेर बस्ने गर्दछन् । लुकेर बसेका बिरामीहरुलाई ल्याएर शून्यमा झार्ने लक्ष्यका साथ प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको  हो  । कार्यक्रम सुरु हुँदै गर्दा मन्त्रालयले यस रोगका बारेमा जानकारी गराउन आज भरतपुरमा एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार