Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र पपुवा न्युगिनीबीचको एक दिवसीय श्रृङ्खला आज

काठमाडौं । नेपालले आज पपुवा न्युगिनीसँग एक दिवसीय खेल खेल्दैछ । दुई ओडिआई सिरिजअन्तर्गत नेपालले पहिलो पटक घरेलु मैदान पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ । खेलको लागि टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी लगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ ।

एक दिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ ।

नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एक दिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077