Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अफगानिस्तानमा छात्रालाई स्कुल जानबाट बञ्चित गरेको भन्दै अमेरिका असन्तुष्ट

एजेन्सी । अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको प्रति अमेरिकाले असन्तुष्टि व्यक्त गरेको छ ।

छात्रालाई विद्यालय जानबाट रोक लगाउनु गलत भएको भन्दै अमेरिकाले तालिबानसँग हुने भनिएका सबै बैठक रद्द गरेको हो ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिङ्कनले इस्लामिक शासनले छात्रालाई विद्यालय जानबाट वञ्चित गराएकोमा आलोचना गर्दै शिक्षा सबैको अधिकार भएको बताउनुभएको छ । तालिबान सरकारले छात्रालाई विद्यालय जान रोक लगाएपछि स्कुल जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन्।

दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका काम गर्न दिने निर्णय गरेको भए पनि फेरि अहिले निर्णय बदलेर विद्यालय जानबाट रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077