Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण

काठमाडौं । चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए ।

उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई साँचो हस्तान्तरण गरे । गएको जुलाई १० तारिखमै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना संक्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आउँदो वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ ।

यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारलाई हस्तान्तरण गरिएको हो । विमानस्थलको ९३ प्रतिशत काम सकिएको बताएको छ । भने ७ प्रतिशत काम गर्न अझै बाँकी छ ।

तीनदिने भ्रमणका क्रममा शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077